spot_img

Monday, January 20, 2025

गैडाकोट ५ मा ५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा

माघ ०१ चितवन । गैंडाकोट नगरपालिकाको साविक वडा नम्बर १ देखि ९ वडाका जनतालाई घर पायकबाटै न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले गैडाकोट ५ मा ५ शैय्याको आधारभूत अस्पताल मङ्गलबारबाट सञ्चालनमा ल्याइएको छ ।

गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीद्वारा उद्घाटन भएसँगै उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो। वडा नम्बर ५ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित ५ शैय्याको आधारभूत अस्पताल बन्नुले गैडाकोटवासीको स्वास्थ्य सेवा पहुँच वृद्धि भएको बताउँदै अधिकारीले निर्मित अस्पतालबाट बिना झन्झट सक्दो सेवा सुविधा जनताले पाउनेमा आफू विश्वस्त रहेको बताए।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नगरका जनतालाई सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउन आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको बताउँदै अधिकृत खनालले हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउनु्पर्ने संवैधानिक अधिकार रहेकाले सकेसम्म घरघरमा स्वास्थ्य सेवा प्रदान गर्ने नगरको उदेश्य रहेको जनाए ।

अस्पतालमा नागरिकले पाउनुपर्ने न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि एमबिबिएस डाक्टरको नेतृत्वमा प्रसुति सेवा, नि:शूल्क प्राप्त हुने, नेपाल सरकारले सूचीकृत गरेका सम्पूर्ण किसिमका औषधि, जेनेरल फिजिसिएनले दिने उपचार सेवालगायत आधारभूत उपचार, स्वीकृत दरबन्दीका स्वास्थ्यकर्मीले दिने सेवा अस्पतालबाट पाउन सकिने अस्पताल व्यवस्थापन समिति का अध्यक्ष एवं वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले बताए । स्वास्थ्य चौकीलाई स्तरोन्नति सँगै बनाइएको आधारभूत अस्पताल भवन ८० लाखमा निर्माण भएको र ५० लाख बराबरको स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्रीहरू संघीय सरकारबाट प्राप्त भएको र केही संघसंस्था तथा व्यक्तिबाट नगद समेत प्राप्त भएको सोही अवसरमा जानकारी गराइएको थियो। कार्यक्रममा उपप्रमुख शान्ति कोइराला लगायत नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू, राजनीतिक पार्टीका प्रमुख, सम्पूर्ण वडाका जनप्रतिनिधि, साविक गैंडाकोट गाविसका अध्यक्ष, पूर्व जनप्रतिनिधि, पत्रकार लगायत सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार