spot_img

Monday, January 20, 2025

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं को हर्दिमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

पुस २७,गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं को आयोजना र गैंडाकोट नगरपालिका स्वास्थ्य शाखाको प्राबिधिक सहयोगमा गैंडाकोट ३ हर्दि मा १ दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वास्थ्य उप समिति संयोजक श्री शकुन्तला तिवारीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने गैंडाकोट नगरपालिका स्वास्थ्य शाखाको तर्फबाट सिता शर्मा ले कार्यक्रमबाट उपलब्ध हुने सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । गण्डकी साकोसका सचिव श्री केशवराज शर्माले संचालन गर्नु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका अध्यक्ष एवं गण्डकी साकोसका लेखा सुपरिबेक्षण समिति संयोजक श्री विष्णु प्रसाद शर्मा को बिशेष उपस्थिती रहेको थियो भने स्थानिय महिला स्वयंसेबिका श्री नानीमाया न्यौपाने, हर्दि खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री कृष्णप्रसाद शर्मा, प्रगतीशिल टोल बिकास संस्था, मौलादेवी आधारभुत बिद्यालय व्यवस्थापन समिति, हर्दि केलादी सामुदायिक बन उपभोक्ता समिति लगायत अन्य स्थानिय संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

सामान्य चिकित्सा, हाजजोर्नि तथा नशा रोग, स्त्रि रोग, भिडियो एक्सरे, खकार परिक्षण, मधुमेह परिक्षण लगायतका सेवा प्रदान गरिएको कार्यक्रममा १२६ जनाको नि शुल्क स्वास्थ्य परिक्षण गरि औसधि समेत निशुल्क उपलब्ध गराईएको थियो ।

अध्यक्ष श्री गोबिन्द सुबेदीले ग्ौंडाकोटको अलि दुर्गम भनेर चिनिएको यस हर्दि गाउँका बासिन्दाहरुको लागि २०५१ साल देखिनै खानेपानी तथा सरसफाई कार्यक्रम, अन्य स्वास्थ्य सेवा कार्यक्रमहरु निरन्तर संचालन गर्दै आई रहेको कुरा स्मरण गर्दै यस ठाउँको बिकास र स्थानिय बासिन्दाको जनजिविका लाई सहज गराउन आवश्यक पर्ने समन्वय सहयोगलाई निरन्तरता दिईरहने अभिलाषा प्रकट गर्नु भएको थियो । साथै आजको कार्यक्रलाई सहयोग गर्ने गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा, हाडजोर्नि तथा नसारोग बिशेषज्ञ डा सुजन आचार्य, स्त्रिरोग विशेषज्ञ डा जानभी भण्डारी, रुपाली होमीया क्लिनीक तथा रोहित आर्युबेद औसधालय, गणेश औसधि सदन, टाइम फर्मास्यू”टिकल्स लगायतलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो । संस्थाको स्वास्थ्य उपसमितिले संयोजन गरेको कार्यक्रममा महिला उप समिति,युवा तथा बाल उप समिति का सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार