कात्तिक २५ ,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले आमीरको दाबी अनुसार आदेश दिन नमानेको हो । तर उक्त मुद्दामा अदालतले विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ मागेको छ ।
जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।
विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।
कमेन्ट :