single head

अबका निर्वाचनमा एक्लै चुनाव लडेर आफ्नो पहिचान सहित स्थापित गर्छौ – अध्यक्ष पुष्पकमल दाहाल

single post top 1

असोज १९, काठमाडौँ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबका निर्वाचनमा एक्लै चुनाव लडेर माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने दाबी गरेका छन्।

single p1

शनिबार काठमाडौँको जडिबुटीमा दोलखालीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी उपनिर्वाचनमा मात्रै नभइ ०८४ को चुनावमा पनि एक्लै चुनाव लड्ने बताए ।

single p2

‘गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको निर्वाचन हुँदैछ। यो पटक हामी समीक्षा गर्दैछौँ। कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दा लड्दा कताकता माओवादीकै पहिचान हराउन लागेको हो कि भन्ने आशंका सर्वत्र भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यो पटक हामी आफ्नै खुट्टामा उभिएर, अहिलेमात्रै होइन ८४ को निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिट र ३३० प्रदेश र सबै पालिकामा एक्लै चुनाव लडेर माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौँ।’

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3