single head

हरितालिका तीजका अवसरमा श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमले भदौ २१ मा बृहत तीज गीत प्रतियोगिता गर्ने

single post top 1

भाद्र १६ ,गैंडाकोट । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा गैंडाकोटमा बृहत तीज गीत प्रतियोगिता हुने भएको छ ।

single p1

नेपालकै ठूलो महाशिवलिङ्ग र नर्मदेश्वर नदीका १००८ शिवलिङ्ग संस्थापित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट ७ गैरी ले हिन्दु नारीहरूको महान चाड हरितालिका तीज पर्वको अवसरमा “धर्म संस्कृतिको महत्व :यसको संरक्षणमा हाम्रो दायित्व ” विषय वृहत खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

single p2

साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउदै समाजलाई सकारात्मक सन्देश दिने अभिप्रायले तीजको कार्यक्रमको आयोजना गर्न लागेको मन्दिरका सह सचिब भानुभक्त सापकोटाले फास्टखबर अनलाइन लाई जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुनका लागि “धर्म संस्कृतिको महत्व : यसको संरक्षणमा हाम्रो दायित्व” बिषयमा रहेर गीत गाउनु पर्नेछ साथै समुहमा बढिमा ८ जनाको सहभागिता हुनु पर्ने छ । तीज बिषेश कार्यक्रम यहि भदौ २१ गते शुक्रवार, बिहान १० बजे श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैडाकोट ७ को प्राङगढमा आयोजना हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १५ हजार, द्वितीय पुरस्कार रु १० हजार ,तृतीय पुरस्कार रु ५ हजार र सान्त्वना पुरस्कार रु ३ हजार ( दुई वटा समुहलाई ) र साथमा प्रमाणपत्र पनिप्रदान गरिने आयोजकले जानकारि दिएको छ ।
समूह दर्ता गर्ने अन्तिम मिति २०८१ भाद्र १९ गते सम्म रहेको र समुह दर्ता शुल्क रु ५०० लाग्ने आयोजकले जानकारि दिएको छ ।

यहि भदौ २१ गते तिजको दिन हुने खुल्ला तीज गीत प्रतियोगितामा सहभागी हुन् सम्पूर्ण संघसंस्था एवं समूहलाई  आयोजकले आग्रह गरेको छ ।

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ। श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने।शिव पार्वतीको आरधना एवं पूजा गर्ने।शिव पार्वतीका मठ मन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने गरिन्छ । यसै गरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा गर्ने गरिन्छ। यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै रहेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3