single head

नन्दन सामुदायिक बनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले लिए सपथ

single post top 1

भाद्र ६,गैडाकोट । नन्दन सामुदायिक बन उपभोक्ता समूह गैडाकोट ६,८ र ९ का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।

single p1

समूहको २६ औं बार्षिक साधारण सभा तथा नेतृत्व चयनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समूहको कार्यालय परिसरमा बिहिवार आयोजित कार्यक्रममा सपथ ग्रहण तथा पदस्थापन गरिएको हो ।
गत श्रावण २६ गते सम्पन्न समूहको २६ औं साधारण सभा पछि नेतृत्व चयन हुने पदाधिकारी तथा सदस्यहरुकालागि निर्वाचन समितिले चरणवद्ध रुपमा निर्वाचन कार्यक्रम संचालन गरेको थियो । समूहको विधान अनुसार यहि भाद्र ०४ गते निर्वाचन समितिले पाँच जना पदाधिकारी , लेखा समिति संयोजक र १० कार्यसमिति सदस्यहरु निर्वाचन प्रक्रिया मार्फत चयन गरेको हो । दुई सदस्यीय लेखा समिति भने सर्वसम्मत चयन गरिएको थियो ।

single p2

निर्वाचन मार्फत आगामी ३ बर्षे कार्यकालका लागि समूहको अध्यक्षमा हरिकला अधिकारी, उपाध्यक्षमा नरजंग राना, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा डिला सुबेदि शर्मा सहसचिवमा झलक राज शर्मा तथा कार्यसमिति सदस्यमा छम कुमारी बिक, दुर्गे तामाङ्ग लक्ष्मी लामा, तुलिमाया डिस्वा ,बिष्णुमाया खत्री, कौशिला खत्री, पार्बती शर्मा, खगराज गौतम ,चित्र बहादुर बोहोरा र टिकाराम सुबेदी निर्वाचित भएका थिए । यस्तै समूहको लेखा संयोजकमा माधब प्रसाद न्यौपाने तथा सदस्यहरुमा लोकनाथ सापकोटा र सबिना बिश्वकर्मा निर्वाचित भएका थिए ।

नवनिर्वाचित पदाधिकारी,सदस्य तथा लेखा समितिलाई निर्वाचन समितिको संयोजक छत्रराज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

निर्वाचन प्रक्रियाका लागि पौडेलको संयोजकत्वमा सस्थापक अध्यक्ष ईन्द्रराज ज्योति पौडेल,पुर्ब अध्यक्ष घनश्याम कडेल र ,पुर्ब अध्यक्ष शशिधर न्यौपाने, ,पुर्ब अध्यक्ष सुबाष चापाँगाई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोही अवसरमा वनका निवर्तमान अध्यक्ष बालकृष्ण गौडेल, कोषाध्यक्ष बेल प्रसाद पौडेल र लेखा समिति संयोजक पुजा शर्माले नवनिर्वाचत पदाधिकारीलाई माइन्युट तथा चेक प्रदान गरी पद हस्तान्तरण गरेका थिए ।

निर्वाचन समितिको संयोजक तथा कार्यक्रमका अध्यक्ष छत्रराज पौडेल, पुर्ब अध्यक्ष घनश्याम कडेल, ,सब डिबिजन बन गैंडाकोटका फरेस्अटर दिनेश केसी ,निवर्तमान अध्यक्ष बालकृष्ण गौडेल र नवनिर्वाचित अध्यक्ष हरिकला अधिकारीले कार्यक्रममा आफ्रनो मन्तब्य राख्नु भएको थियो ।
सस्थाका पुर्व अध्यक्ष शशिधर न्यौपानले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजिकरण सस्थापक अध्यक्ष ईन्द्रराज ज्योति पौडेलले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3