spot_img

Saturday, July 18, 2026

प्रथम एसपीएम कलेज जुनियर पुरुष भलिवल कप आयोजना हुने

प्रतियोगिता बारे जानकारी दिन कलेज परिसरमा सोमबार  आयोजित पत्रकार सम्मलेनमा कार्यक्रम संयोजक अभिनास तामाङले फागुन १७ गतेदेखि सुरु हुने प्रतियोगिातमा सहभागिता जनाउन हालसम्म २० समूह सम्पर्कमा आइसकेको जानकारी दिए ।

प्रतियोगिातमा प्रथम हुने समूहले २५,५५५ सहित मेडल ट्रफि र प्रमाणपत्र, दोस्रो हुने समूहले १४,५५५ सहित सहित मेडल ट्रफि र प्रमाणपत्र तथा तेस्रो हुने समूहले ५ हजार पाँचसय ५५ सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । नारायणगढमा रहेको सेन्ट्रल कलेजले प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सीपल यज्ञविलास पौडेलले चितवन र नवलपुरमा खेलकुद विकास र विस्तारका लागि सेन्ट्रल कलेजले सधै सहयोग गर्दै आएको बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत नवलपुर र चितवनका अधिकासं स्थानमा हुने खेलकुदका गतिविधीहरुमा आफ्नो कलेजले सधै सहयोग गर्ने पौडेलले बताए ।

कार्यक्रममा एसपीएम कलेजका प्राध्यापक माधव सिग्देल, विद्यार्थी नेता पवन कार्की,स्ववीयू सभापति विज्ञान न्यौपाने एसपीएम कलेज नेविसंघका सभापति झम बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :