आजको राशिफल
मेष राशि- कर्मक्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वादिष्ट भोजन र रमाइलो यात्राको अवसर मिल्ने सम्भावना छ। आर्थिक पक्ष मजबुत रहनेछ।
वृष राशि- योजना कार्यान्वयनमा ढिलाइ भए पनि अन्ततः सफलता हात लाग्नेछ। व्यापारिक लाभ प्राप्त हुनेछ तर निर्णयमा सतर्कता आवश्यक छ।
मिथुन राशि- आत्मबल उच्च रहनेछ। सानो प्रयासबाट उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ। दीर्घकालीन योजनाहरू अघि बढाउन अनुकूल समय छ।
कर्कट राशि- काममा ढिलाइ र खर्चको दबाब देखिन्छ। पारिवारिक सन्तुलनमा ध्यान दिनु उपयुक्त हुनेछ।
सिंह राशि- नयाँ जिम्मेवारीले आत्मविश्वासमा वृद्धि गर्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ र भौतिक सुविधा प्राप्त हुने संकेत छ।
कन्या राशि- प्रतिष्ठित कार्यमा संलग्न भई प्रशंसा बटुल्ने अवसर छ। आम्दानी बढ्नेछ र आफ्नो क्षेत्रमा प्रभुत्व कायम गर्न सकिनेछ।
तुला राशि- आर्थिक व्यवस्थापनमा सावधानी आवश्यक छ। संयमता अपनाउँदा लाभ हुनेछ। अनावश्यक कार्यमा समय खर्च नगर्नुहोस्।
वृश्चिक राशि-स्वास्थ्यमा सचेत रहनुहोस्। सामाजिक जिम्मेवारी बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्न अहिले उपयुक्त समय होइन।
धनु राशि-पारिवारिक समस्या समाधानतर्फ अग्रसर हुनेछ। मनोरञ्जन र सामाजिक गतिविधिमा संलग्न हुने अवसर प्राप्त हुनेछ। चुनौतीसँगै अवसर पनि देखा पर्नेछन्।
मकर राशि-लगनशीलताले सफलता दिलाउनेछ। यात्रा लाभदायी रहनेछ। व्यापार वा व्यवसायमा सुधारका संकेत छन्।
कुम्भ राशि-मानसिक तनाव कम हुनेछ। अध्ययनमा राम्रो प्रदर्शन हुनेछ। व्यवसायिक क्षेत्रमा लगनशीलता देखाए लाभ प्राप्त हुनेछ।
मीन राशि-नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय होइन। स्वास्थ्यमा ध्यान दिनुहोस्। पारिवारिक सम्बन्धमा सन्तुलन कायम गर्नु आवश्यक छ।





