single head

आजको राशिफल (वि. सं २०८२ कात्तिक १३ गते बिहिबार)

single post top 1

आजको राशिफल

मेष राशि –परिवारको सहयोग प्राप्त हुने तथा शैक्षिक क्षेत्रमा प्रगति गर्ने समय छ। परीक्षा शुभ परिणाम ल्याउने सम्भावना प्रबल छ। आन्तरिक लगानी लाभदायी रहनेछ, तर विदेश यात्रा वा त्यहाँको लगानीमा सावधानी अपनाउनु हितकर हुनेछ।

single p1

वृष राशि – सामाजिक क्षेत्रमा सफलता पाउने तथा सेवामुखी कार्यमा अवसर प्राप्त हुने दिन हो। पारिवारिक प्रेम–सम्बन्ध प्रगाढ बन्नेछन्। विदेशप्रतिको आकर्षण बढे पनि साथीसँगको सहकार्यबाट ठोस लाभ मिल्नेछ।

single p2

मिथुन राशि – मन केही चञ्चल भए पनि सोच विचार गरी बोल्दा फाइदा हुनेछ। ठूला काम वा नयाँ सुरुवात घरपरिवारसँग परामर्श गरेर गर्दा सफल हुनेछ। प्रेम जीवनमा सन्तुष्टि र आत्मीयता अनुभव हुनेछ।

कर्कट राशि – व्यापारमा घाटा तथा पारिवारिक मतभेदको सम्भावना देखिन्छ। विगतको लगानीबाट उत्साह जागृत भए पनि आज थप लगानी नगर्नु बुद्धिमानी हुनेछ। कठिनाइका बीच पनि परिवारको साथ प्राप्त हुनेछ।

सिंह राशि –सम्मान प्राप्त हुने दिन भए पनि मानसिक अशान्तिले खानपानमा अव्यवस्था ल्याउन सक्छ। धैर्य र शान्तचित्तताले प्रगति सम्भव हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ, तर वैदेशिक लगानीमा जोखिम रहन्छ।

कन्या राशि – अनुकूल समय रहेको छ। व्यक्तिगत चतुराइले सफलता दिलाउनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। लगानी गरिएको व्यापार वा पेशामा लाभ हुनेछ। निरन्तरको प्रयासले आर्थिक क्षेत्रमा उल्लेखनीय आम्दानी दिने संकेत छ।

तुला राशि –ठूला लगानी नगरेको श्रेयष्कर हुन्छ। वैदेशिक कार्य वा लगानीबाट भने लाभ पाउने दिन हो। निजी काममा व्यस्तता रहनेछ। पारिवारिक सहयोग प्राप्त भए पनि सामाजिक कार्यमा संलग्न हुनु उपयुक्त नहुन सक्छ।

वृश्चिक राशि –पुराना स्वास्थ्य समस्याहरू बल्झन सक्ने देखिन्छ। धार्मिक कार्यतर्फ मन आकर्षित हुनेछ। लगानीमा सोचपूर्ण मूल्याङ्कन हुनेछ। राजनीति वा सामाजिक सेवामा सक्रियताले अवसर दिलाउनेछ। प्रेम जीवनमा सुमधुरता रहनेछ।

धनु राशि –रोकिएका कामहरू अगाडि बढ्नेछन्। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। व्यापारमा गरिएको लगानी लाभदायी बन्नेछ। पारिवारिक सहकार्यले उत्साह बढ्नेछ। समाजसेवामा संलग्न हुने अवसर मिल्नेछ।

मकर राशि –चन्द्रमाको अनुकूल गोचरले विशेष अवसरमा उपहार तथा सम्मान पाउने सम्भावना छ। इमानदारी र परिश्रमले आत्मविश्वासमा वृद्धि हुनेछ। अध्ययनमा उल्लेखनीय प्रगति हुने छ। पारिवारिक तथा प्रेम जीवन सुखद रहनेछ।

कुम्भ राशि –स्वास्थ्य र मनोरञ्जनमा खर्च बढ्नेछ। कार्यक्षेत्रमा अवरोध आउन सक्छ तथा साथीबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। विद्यार्थीहरूले अध्ययनमा विशेष ध्यान दिनु आवश्यक हुनेछ।

मीन राशि –नयाँ आम्दानी स्रोतहरू खुल्नेछन्। पारिवारिक तथा प्रेम जीवन सुखमय रहनेछ। रमाइलो यात्रा तथा स्वादिष्ट भोजनको योग छ। लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुनेछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3