single head

विजय सामुदायिक शिक्षा सदनको प्रधानाध्यापकमा अर्जुन ओझा नियुक्त

single post top 1

गैँडाकोट । गैँडाकोट–५ मा रहेको विजय सामुदायिक शिक्षा सदनको प्रधानाध्यापकमा अर्जुन ओझा नियुक्त हुनुभएको छ। विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय नेतृत्वको जिम्मेवारी पाउनुभएका ओझालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीनाथ खरेल र विद्यालयका व्यवस्थापक टीकाराम कँडेलले स्वागत गर्नुभएको हो।प्रधानाध्यापकका रूपमा नियुक्त हुनुभएका ओझालाई स्वागत गर्दै विद्यालय नेतृत्वले उहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार तथा विद्यालयका समग्र गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

single p1

वि.सं. २०५८ साल फागुन ८ गते स्थापना भएको विजय सामुदायिक शिक्षा सदनले समुदायमा आधारित गुणस्तरीय तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ। नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेको
विद्यालयले नियमित अभ्यास कक्षा, मनोवैज्ञानिक परामर्श, नियमित मूल्याङ्कन तथा पृष्ठपोषण, प्रविधिमैत्री शिक्षण पद्धति र शिक्षकको क्षमता अभिवृद्धिजस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

single p2

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक उपलब्धिसँगै खेलकुद, सामाजिक सेवा, नेतृत्व विकास तथा अतिरिक्त क्रियाकलापमा समेत सहभागिता जनाउँदै आएका छन्।
यसअघि विद्यालयले एसईई परीक्षामा चार जीपीएसहित उत्कृष्ट नतिजा हासिल गर्नुका साथै कक्षा १२ को परीक्षामा पनि राम्रो उपलब्धि हासिल गरेको थियो।

नयाँ प्रधानाध्यापकको नियुक्तिसँगै विद्यालयको शैक्षिक यात्राले थप गति लिने र गुणस्तरीय शिक्षामार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3