single head

हरि ओम सत्सङ्ग साधना सदनद्वारा १८५ आजीवन सदस्यलाई प्रमाणपत्र वितरण

single post top 1
गैँडाकोट । हरि ओम सत्सङ्ग साधना सदन गैँडाकोट–९ ले आफ्ना आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको छ। बुधबार सत्सङ्ग साधन सदनको सभाहलमा आयोजित कार्यक्रममा १८५ जना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष धामनाथ सापकोटाले सत्सङ्गले मानिसमा सकारात्मक सोच, नैतिकता, आध्यात्मिक चेतना र सामाजिक सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सत्सङ्गलाई नियमित र प्रभावकारी बनाउँदै समाजमा असल संस्कार र व्यवहारको विकास गर्न सबैलाई आग्रह गर्नुभयो।
हरि ओम सत्सङ्ग साधना सदनका अध्यक्ष ज्ञानप्रसाद खनालले संस्थाले आध्यात्मिक जागरण र सामाजिक एकतालाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि अगाडि बढाउँदै आएको बताउनुभयो। उहाँले आजीवन सदस्यहरूको साथ र सहयोगले संस्थालाई थप सक्रिय तथा व्यवस्थित बनाउन प्रेरणा मिलेको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष प्रेम प्रसाद सापकोटाले सत्सङ्गले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै यस्ता धार्मिक तथा आध्यात्मिक संस्थाको संरक्षण र प्रवद्र्धनमा सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी जय श्री फुड्सका अमित अग्रवालले सत्सङ्गले मानिसको जीवनमा अनुशासन, सकारात्मक सोच र मानवीय मूल्यको विकास गर्न सहयोग गर्ने बताउनुभयो।
आजीवन सदस्यहरूको तर्फबाट मन्तव्य राख्दै मुना देवी सापकोटाले सत्सङ्गलाई निरन्तरता दिन र संस्थाका गतिविधिमा सक्रिय सहभागिता जनाउन सबै सदस्यलाई आग्रह गर्नुभयो।
प्रमाणपत्र वितरण कार्यक्रममा सदनकी कोषाध्यक्ष उमादेवी सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सदनकी उपाध्यक्ष दीपादेवी रिजाल सापकोटाले गर्नुभएको थियो।
कार्यक्रममा जनप्रतिनिधि गमता भट्टराई पाण्डे, टोल विकास संस्थाका प्रतिनिधि, ज्येष्ठ नागरिक, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3