single head

नेपाली कांग्रेस गैँडाकोट–६ द्वारा सम्पर्क कार्यालय स्थापना, शुभकामना आदान प्रदानसँगै चियापान

single post top 1
गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोट वडा नम्बर ६ ले शुभकामना आदानप्रदान कार्यक्रमसँगै आफ्नो वडाको सम्पर्क कार्यालय स्थापना गरेको छ। मंगलबार गैँडाकोट–६ स्थित भाग्योदय चोकमा पार्टीका गतिविधि तथा संगठनात्मक कामकाज सञ्चालन गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको हो।
नेपालीहरूका महान् चाडपर्वहरूको बिदाई भएतापनि आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको सुरुवात जननायक बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी गरिएको थियो।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले राजनीतिक दलहरूबीच केन्द्रमा विचार र सिद्धान्त फरक भए पनि स्थानीय तहमा विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गैँडाकोट नगर सभापति खेमराज सापकोटाले वडा सम्पर्क कार्यालय स्थापनाले पार्टीका गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले संगठनलाई जनतासँग जोड्दै स्थानीय विकास र सामाजिक काममा सक्रिय हुनुपर्ने बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोट वडा नम्बर ६ का सभापति कुशल अधिकारीले राजनीतिक प्रतिस्पर्धा चुनाव र विचारमा भए पनि स्थानीय विकास तथा जनताको हितका सवालमा सबै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।
त्यसैगरी राष्ट्रिय जनमोर्चाका नेता चन्द्र सापकोटाले स्थानीयस्तरमा जनताका साझा समस्या समाधान गर्न राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो। उहाँले विकास निर्माणका काममा सबैको सकारात्मक भूमिका हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेकपा एमालेका वडा अध्यक्ष महेन्द्र सापकोटाले स्थानीय विकासका सवालमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वडाको विकासका लागि सबै राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो।
नेपाली कांग्रेस गैँडाकोट वडा नम्बर ६ का सभापति किसन गुरुङले वडा कार्यालय स्थापनाले पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनताका समस्या र गुनासो सुन्ने साझा थलोका रूपमा काम गर्ने बताउनुभयो। उहाँले सबै राजनीतिक दल र स्थानीयवासीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस गैँडाकोट वडा नम्बर ६ की उपसभापति इन्दिरा खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण वडा सचिव टिकाराम सुवेदीले गर्नुभएको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3