single head

गैंडाकोट–१४ मा आधारभुत ब्युटीपार्लर र सिलाइ कटाई सम्बन्धी तालिम सम्पन्न

single post top 1

गैँडाकोट । गैँडाकोट नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालन गरिएको आधारभुत ब्युटीपार्लर र सिलाइकटाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम मंगलबार गैंडाकोट–१४ स्थित दीप ज्योतिआधारभुत विद्यालयको  सभाहलमा भएको हो।

single p1

“आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार“ भन्ने नारासहित वैशाख २ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको उक्त तालिमले सहभागी महिलाहरूलाई उन्नत सिलाइकटाई तथा ब्युटीपार्लर सम्बन्धी व्यावसायिक सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशीलताको विकासमा टेवा पु¥याउने उद्देश्य राखेको थियो।

single p2

समापन कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरूलाई आफ्नै व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो।  उहाँले अगामी दिनहरुमा नगरपालिकाले अझ प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गैंडाकोट–१४ का वडाध्यक्ष कोकीसरा राना मगर ले महिला नेतृत्वमा रहेको वडाले महिलाहरूलाई सीपयुक्त र आत्मनिर्भर बनाउन विशेष प्राथमिकता दिएको बताउनुभयो। उहाँले खाली हात बस्नुभन्दा सीप सिकेर स्वरोजगार बन्न महिलाहरूलाई प्रेरित गर्ने उद्देश्यले वडामा यस कार्यक्रमका लागि विशेष पहल गरिएको उल्लेख गर्नुभयो। वडाध्यक्ष राना मगरले तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई दिँदै उनीहरूको सफल व्यावसायिक भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा प्रशिक्षकद्वय अञ्जु न्यौपाने र लक्ष्मी शर्मा लाई सम्मान गरिएको थियो भने तालिम सफलतापूर्वक पूरा गरेका सम्पूर्ण प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। ललिता थापा मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण कमला अधिकारीले गर्नुभएको थियो ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3