गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ ले युवाहरूलाई सीप विकासको तालिम प्रदान गरेको छ । युवाहरुलाई सीपयुक्त बनाउन वडाले प्राथमिकतामा राखेको वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बताउनुभएको छ । एकसय साठी घण्टाको वारिष्टा अर्थात् कफि बनाउने तालिमको सोमबार समापन कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले सीपलाई व्यहारमा उतार्न आग्रह गर्नुभयो ।

वडा सदस्य उषा विकले युवाहरुलाई सीपयुक्त बनाउँदा स्वरोजगार बन्न प्रेरित गर्ने बताउनुभएको छ ।
कार्यपालिका सदस्य शान्ति न्यौपानेले विजय खबरलाई जानकारी दिँदै युवाहरुमा उद्यमशीलताको विजारोपणका लागि यो तालिमले प्रेरणा दिने समेत बताउनुभएको छ ।
गैँडाकोट २ का वडा सदस्य सकिला परियारले शुभकामना दिनुभएको थियो भने सहभागिहरुले सिकेका सीप व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तालिमको सहजीकरण विक्रम बाबा इन्जिनियरिङ्ग एण्ड टेक्नीकल कलेज प्रा.ली.ले गरेको थियो






