single head

विजय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रेशम फिरिरि संस्थाद्वारा न्यानो कपडा र शैक्षिक सामाग्री बितरण

single post top 1

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं ८ मा अवस्थित विजय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रेशम फिरिरि नेपाल संस्थाद्वारा सोमबार न्यानो कपडा र  शैक्षिक सामाग्री बितरण गरिएको छ ।

single p1

कार्यक्रमका विशिष्ट अतिथि रेशम फिरिरि नेपालका सह सचिव भोजराज अर्याल र सल्लाहकार ताराप्रसाद न्यौपानेले विजय आधारभूत विद्यालयमा कक्षा नर्सरी देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गर्नुभएको थियो। विद्यार्थीहरुलाई झोला, कपी, कलम, न्यानो कपडा लगायतका सामाग्री प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा समिति सदस्य दोलराज पाण्डे र रेशम फिरिरि नेपालका सल्लाहकार ताराप्रसाद न्यौपाने, जनप्रतिनिधि तर्कबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

single p2

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विष्णुप्रसाद शर्मा, जनप्रतिनिधि खगेश्वर सापकोटा, जनप्रतिनिधि कमला आचार्य,समाजसेवी तथा अक्षयकोष दाता चन्द्रकान्त सापकोटा, शिक्षक अभिभावक संघ अध्यक्ष तारा परियार लगायत विद्यालय व्यवस्थापन समिति सदस्यहरु र शिक्षक अभिभावक संघ सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थिति अतिथिहरुलाई विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक सोवनाथ पौडेलले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3