single head

गैडाकोट नगरपालिकामा ४५ हजारभन्दा बढी मतदाता

single post top 1

गैडाकोट। गैडाकोट नगरपालिकामा मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नगरपालिकाभर १८ वटा वडामा ४५ हजारभन्दा बढी मतदाता रहेका छन्।

single p1

गैडाकोट नगरपालिकामा रहेका कुल मतदातामध्ये पुरुष मतदाता करिब २२ हजार र महिला मतदाता करिब २३ हजार रहेका छन्।  निर्वाचन कार्यालयका अनुसार गैडाकोट नगरपालिकाको वडा नं. १ मा ४ हजार ९ सय ६३ मतदाता रहेका छन्। वडा नं. २ मा ४ हजार ७ सय १९, वडा नं. ३ मा २ हजार ४ सय ३५, वडा नं. ४ मा ३ हजार ३ सय ६ मतदाता रहेका छन्।सबैभन्दा धेरै मतदाता रहेको वडा नं. ५ मा ५ हजार १२ मतदाता दर्ता भएका छन्। त्यस्तै वडा नं. ६ मा २ हजार ४ सय ५९, वडा नं. ७ मा २ हजार १ सय ४१, र वडा नं. ८ मा ३ हजार २३ मतदाता रहेका छन्।

single p2

वडा नं. ९ मा सबैभन्दा कम अर्थात् १ हजार ३ सय ५१ मतदाता रहेका छन्। त्यसैगरी वडा नं. १० मा २ हजार ८ सय ९४, वडा नं. ११ मा २ हजार ९ सय १०, र वडा नं. १२ मा २ हजार ६ सय ३१ मतदाता रहेका छन्।वडा नं. १३ मा २ हजार ८ सय ३४, वडा नं. १४ मा ३ हजार ७१, वडा नं. १५ मा २ हजार १ सय ८१, र वडा नं. १६ मा १ हजार ९ सय ८३ मतदाता रहेका छन्।त्यस्तै वडा नं. १७ मा १ हजार ३ सय ५४ र वडा नं. १८ मा १ हजार ६ सय ८३ मतदाता सूचीकृत छन्।

निर्वाचनलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन नगरपालिकामा कुल २२ वटा मतदान स्थल तोकिएका छन् भने ६१ वटा मतदान केन्द्र स्थापना गरिने निर्वाचन कार्यालयले जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3