single head

अक्सफोर्ड कलेजका प्रा. डा. इ. हरि भण्डारी AECoN को अध्यक्षमा सर्वसम्मत निर्वाचित

single post top 1

काठमाण्डौं । नेपालको प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारी  Association of Engineering Colleges Nepal (AECoN) को अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

single p1

इन्जिनियरिङ शिक्षाको विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएका प्रा. डा. भण्डारीको अध्यक्षतामा AECoN ले नेपाली इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दिशामा थप सशक्त पहल गर्ने अपेक्षा गरिएको छ।

single p2

उहाको कार्यकालमा शिक्षा क्षेत्रको सुदृढीकरण, इन्जिनियरिङ कलेजहरूबीच सहकार्यको विस्तार, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा राष्ट्रिय हितमा आधारित शैक्षिक नीतिहरू निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा क्षेत्रका सरोकारवाला, शैक्षिक संस्था तथा शुभेच्छुकहरूले प्रा. डा. इ. हरि भण्डारीलाई उक्त उच्च, गरिमामय तथा उत्तरदायित्वपूर्ण पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिँदै आगामी कार्यकाल सफल, प्रेरणादायी र ऐतिहासिक उपलब्धिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3