single head

कालिका माविमा मुटुसम्बन्धी स्वास्थ्य शिविर, दन्त शिविर तथा खुल्ला रक्तदान आज हुदै

single post top 1

मंसिर २०,गैंडाकोट । गैंडाकोटमा मुटुसम्बन्धी स्वास्थ्य शिविर, दन्त शिविर तथा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ।

single p1

श्री कालिका नमुना माध्यमिक विद्यालयको वार्षिक ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा आज (शनिबार) कार्यक्रम हुदै छ ।

single p2

शिविरमा शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँका विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा मुटु सम्बन्धी स्वास्थ्य शिविर हुने विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो ।  त्यस्तै उहाले  खुल्ला रक्तदान कार्यक्रम पनि रहेको बताउनुभयो । त्यस्तै स्वास्थ्य शिविरमा दन्त सम्बन्धी विशेषज्ञ द्वारा दन्त शिविर पनि हुने अतिरिक्त क्रियाकलाप संयोजक गोविन्द चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा नाम दर्ताको लागि बिहान ७ बजे देखि  १२ बजे सम्म  रहेको छ  ।

त्यस्तै स्वास्थ्य शिविरको सहयोगी संस्थाहरूमा  शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, कामना डेन्टल केयर, नेपाल रेड क्रस सोसाइटी गैंडाकोट आदर्श उप शाखा र गैडाकोट नगरपालिका रहेका छन्।

शिविरमा मुटु सम्बन्धी समस्या भएका तथा मुटुको चेकजाँच गर्नुपर्ने महानुभावहरूले शिविरमा आएर सेवा लिन सक्नुहुन्छ त्यस्तै रगतको अभाव भइरहेको बेला रक्तदान कार्यक्रमले रगत संकलन गरेर पुन्य कमाउन पनि विद्यालयले सबैलाई आग्रह गरेको छ  ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3