single head

शिवको मूर्ति र ८२ केजीको घन्टी अनावरण तथा विद्युतीय फोहराको शुभारम्भ

single post top 1

मङ्सिर १,गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोट ७ मा रहेको श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिसरमा भगवान शिवको मूर्ति अनावरण तथा विद्युतीय फोहराको शुभारम्भ गरिएको छ। सोमबार मन्दिर परिसरमा श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती ज्यूको हातबाट अनावरण तथा शुभारम्भ भएको हो। त्यस्तै मन्दिर परिसरमा ८२ केजीको घन्टीको पनि अनावरण गरिएको छ ।

single p1

single p2

कार्यक्रममा श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती जीले भन्नुभयो “देवीदेवताको नाममा बजेका शंखको ध्वनिले हाम्रा कामलाई पवित्र गर्दछन्, वेदका मन्त्रहरुले हामीलाई पवित्र पार्दछन् र वेदका मन्त्रहरूबाट नै हामी संरक्षित हुनुपर्छ । उहाँले हरिहर मन्दिर यो समाजको गहना हो यसको संरक्षण गर्ने दायित्व हामी सबैको हो भन्नुभयो।

मन्दिर परिसरमा रहेको विद्युतीय फोहरा तथा मूर्तिको निर्माण स्वर्गीय रन बहादुर थापाको स्मृतिमा श्रीमती फुलमाया थापा, छोरा अमित थापा, छोरी लक्ष्मी थापा, सुजन थापा, सरिता थापा, सन्तोष थापा परिवारले संकल्प गरेका हुन् । मन्दिर परिसरमा निर्माण गरिएको  विद्युतीय फोहोरा तथा भगवान शिवको मूर्तिको लागत मूल्य करिब ८ लाख रुपैया रहेको थापा परिवारले जानकारि दिएको छ ।

तेस्तै मन्दिरको अगाडी राखिएको घन्टीको स्वर्गीय पिता नन्दलाल सापकोटा र माता पवित्रा सापकोटाको सम्झनामा छोरा बसन्त सापकोटा, बुहारी विष्णुकुमारी सापकोटाले निर्माण गर्नुभएको हो। मन्दिरमा राखिएको घन्टीको मूल्य करिब २ लाख ५० हजार रहेको मन्दिरका सहसचिव भानुभक्त सापकोटाले बताउनुभयो।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैंडाकोट ७ मा रहेको करिब दुई  बिघामा फैलिएको मन्दिरले निकै प्रगति गरेको बताउनुभयो। उहाँले मन्दिर परिसरमा पानीको फोहरा, भगवान शिवको मूर्ति तथा घन्टी प्रदान गरेर दाताहरूले पुण्यको काम गरेको  बताउनुभयो ।
शैक्षिक तथा धार्मिक व्यक्ति एवं जनक नमुना माविका निवर्तमान  प्रधानाध्यापक चुडामणि शर्मा कँडेलले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको यस मन्दिरलाई चिनाउन सबैले लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्दिरका आजीवन सदस्यहरूलाई प्रमाणपत्र बितरण तथा दाताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे गैडाकोट वडा नम्बर ७ का  कार्यवाहक अध्यक्ष तारापति त्रिपाठी लगायत धार्मिक व्यक्ति, शैक्षिक व्यक्ति, मन्दिरका सदस्यहरूको उपस्थिति रहेको थियो । मन्दिरका कार्यवाहक अध्यक्ष जमुनादेवी कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मन्दिरका सहसचिव भानुभक्त सापकोटाले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3