कात्तिक २७,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ७५ पैसा र बिक्रीदर १८६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ८ पैसा र बिक्रीदर १७७ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४७ पैसा र बिक्रीदर ९२ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९७ पैसा र बिक्रीदर १०१ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ५६ पैसा र बिक्रीदर १०९ रुपियाँ २ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८३ पैसा र बिक्रीदर ३८ रुपियाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५३ पैसा र बिक्रीदर ३८ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ २१ पैसा र बिक्रीदर ३४ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९९ पैसा र बिक्रीदर १५ रुपियाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ७१ पैसा र बिक्रीदर ४६२ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपियाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपियाँ १४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस





