spot_img

Friday, November 7, 2025

ब्रह्मपुरी निवासी ढकाल द्वारा एकैसाथ ३ वटा विद्यालयमा अक्षयकोष स्थापना

कार्तिक २१,माडी। माडी नगरपालिका–५, ब्रह्मपुरी निवासी सरिता ढकालले जनकल्याण मा.वि., माडी मा.वि. र ब्रह्मज्योति आधारभूत विद्यालयमा एकैसाथ ३ वटा अक्षयकोष स्थापना गर्नुभएको छ ।
ढकालले आफ्‌ना दिवंगत बुबा भुवानीप्रसाद अधिकारी, दिवंगत आमा सेती अधिकारी र दिवंगत दिदी सरस्वती अधिकारीको स्मृतिमा आफू संरक्षक तथा आफ्‌ना सन्तानद्वय सुदिप ढकाल र सुदिना ढकाल सदस्य रहनेगरी सो अक्षयकोषहरु स्थापना गर्नुभएको हो ।
आफूले पढेको विद्यालय जनकल्याण मा.वि. कल्याणपुर, आफ्‌ना श्रीमान (स्काउटकर्मी एवं शिक्षक भविश्वर ढकाल) ले पढेको माडी माध्यमिक विद्यालय, बसन्तपुर र श्रीमान ढकालले शिक्षण गर्ने ब्रह्मज्योति आधारभूत विद्यालय, ब्रह्मपुरीमा एकैसाथ अक्षयकोष स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।
जनकल्याण माध्यमिक विद्यालयमा रु ५० हजार ५५५, माडी माध्यमिक विद्यालयमा ३० हजार ३३३ र ब्रह्मज्योति आधारभूत विद्यालयमा २० हजार २२२ रुपैंयाको अक्षयकोष स्थापना भएको हो ।
प्रत्येक बर्ष अक्षयकोषबाट प्राप्त हुने ब्याजको २० प्रतिशत रकम कोषमा थप गर्दै जाने र बाँकी ८० प्रतिशत रकमबाट कक्षा ८ मा प्रथम हुने छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान हुने व्यवस्था रहेको अक्षयकोषका सल्लाहकार भविश्वर ढकालले बताउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :