single head

फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तरगत नवलपुरमा फुटबल वितरण

single post top 1

कात्तिक २० ,कावासोति । फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तरगत नवलपुरमा फुटबल वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्र्तगत बिहीबार कावासोतीमा नवलपुरका २१ वटा विद्यालयलाई फुटबल वितरण गरिएको छ ।

single p1

अखिल नेपाल फुटबल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेवाङले फिफा फुटबल फर स्कुल कार्यक्रमको मुख्य उद्देश्य स्कुल स्कुलमा फुटबल प्रशिक्षण गराई दक्ष खेलाडी उत्पादन गर्नु नै रहेको बताउनुभयो।

single p2


नवलपुर जिल्ला फुटबल संघका कार्यवाहक अध्यक्ष मेघराज पाण्डले २१ वटा विद्यालयलाइ प्रति विद्यालय २०/२० वटाका दरले फुटबल वितरण गरिएको बताउनुभयोे ।

महासचिव लक्ष्मण कार्कीले फिफा फुटबल फर स्कुल कार्यक्रम एउटा खेलाडी उत्पादनमा राम्रो कार्यक्रम रहेको बताउनुभयो। उहाँले यस किसिमको कार्यक्रमले विद्यालय स्तरबाट नै जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीहरूको आगमन हुने बताउनुभयो।
कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष दीपक खतिवडा, दावा लामा, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, भरत बुढा थापा, जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष अम्बिका पाण्डे, कावासोती नगर खेलकुद विकास समिति अध्यक्ष एवं वडा नम्बर १२ का वडा अध्यक्ष दिपेश खनाल ,गण्डकी प्रदेश फुटबल संघको कोषाध्यक्ष डीलकुमारी घिमिरे, पेप्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारी, एन्फा रेफ्री, कोच लगायत खेलकुद प्रेमी हरूको उपस्थितिको रहेको थियो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेतबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण कार्कीले गर्नुभएको थियो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3