single head

नेपाल प्रिमियर लिगको ट्रफी गैंडाकोटमा

single post top 1

गैंडाकोट । नेपाल प्रिमियर लिगको ट्रफी आज गैंडाकोट आएको हो । नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन सुरु हुनै लाग्दा ट्रफी गैंडाकोटमा ल्याईएको थियो ।

single p1

नवलपुर क्रिकेट संघको आयोजनामा ट्रफी गैंडाकोटको नवजागरण क्रिकेट रंगशालामा ल्याउन पाउदा खुशि लागेको अध्यक्ष धामनाथ सापकोटाले बताउनुभयो  ।
नेपाली क्रिकेटलाई माया गर्ने दर्शकहरूले एनपीएलको ट्रफीलाई नजिकैबाट हेदै फोटो खिचेर रमाएको अध्यक्ष सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाका अनुसार ट्रफीलाई भरतपुर एयरपोर्टदेखि गैंडाकोट ९ वडा कार्यलय देखि नवजागरण क्रिकेट रंगशाला सम्म पञ्चेबाजा सहित ट्रफी टुर गरिएको थियो ।

single p2

नेपाल क्रिकेट संघ केन्द्रीय सदस्य सुदीप शर्माले गण्डकी प्रदेशकै कान्छो जिल्ला नवलपुरबाट ट्रफी सुरु भएको बताउनुभयो । केन्द्रीय सदस्य शर्माले क्रिकेटमा सम्भावना भएको जिल्लाबाट ट्रफी टुरको सुरुवातले थप ऊर्जा पाउन सक्ने बताउनु भयो।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोद त्रिपाठीले पोखरा एभरेन्जर्स नाममा पोखराको भएपनि समग्र गण्डकी प्रदेशको टिम भएको बताउनुभयो । अध्यक्ष त्रिपाठीले नवलपुर गण्डकी प्रदेशभित्रको भिन्न भौगोलिक क्षेत्र रहेकोले पोखरा एभेन्जर्सले छुट्टै महत्वका साथ हेरेको बताउनुभयो। नवलपुरमा पोखराको राम्रो समर्थक भएकोले ट्रफीको हिस्सा बनाउनुपर्छ भनेर आएको  उहाँले बताउनुभयो ।

गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गण्डकी प्रदेशको कान्छो जिल्लालाई ट्रफि टुरको पहिलो स्थान रोजेकोमा धन्यवाद दिनुभयो । नगर प्रमुख अधिकारीले निकट भविष्यमा नवजागरण क्रिकेट रंगशालामा पनि ठूलाठूला क्रिकेट प्रतियोगिता हुनेमा आफू ढुक्क रहेको बताउनुभयो। अधिकारीले भन्नुभयो“ अहिले क्रिकेट गैडाकोटको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो प्रगति गरेकोमा निकै खुसी लाग्छ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टोली पोखरा एभेन्जर्सले गैंडाकोटमा ट्रफीको टुर गरेको  गण्डकी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।

नवलपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष इन्द्र सिग्देलले समापन गर्नुभएको कार्यक्रमको सहजीकरण युवा व्यक्ति कुशल सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा खेलकुद प्रेमी सामाजिक व्यक्तित्व, धार्मिक व्यक्तित्व, लगायतको उपस्थिति रहेको थियो। ट्रफीलाई यसअघि चितवन जिल्लामा भ्रमण गराइएको थियो । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग मङ्सिर १ गतेदेखि शुरु हुँदैछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3