single head

अक्सफोर्ड कलेजले साउन २५,२६ र २७मा अक्सफोर्ड मेला गर्ने

single post top 1

गैँडाकोट। गैडाकोटमा रहेको अक्सफोर्ड कलेजले अक्सफोर्ड मेला गर्ने भएको छ । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजले बुधबार पत्रकार सम्मेलन गरेर अक्सफोर्ड मेला र रामप्रसाद चापागाई (चन्चल) छात्रवृत्ति योजनाबारे जानकारी दिएको हो । कलेजको रजत जयन्तीको अवसरमा विधार्थीहरुको माग र चाहाना अनुसार अक्सफोर्ड मेला २०२५ को आयोजना गर्न लागेको प्रिन्सिपल प्रोफेसर डा.ई हरि भण्डारीले जानकारि दिनु भयो । नेपालकै इतिहासमा नयाँ किसिमको कार्यक्रम अक्सफोर्ड मेला २०२५ यही साउन २५,२६ र २७ गते हुने प्रोफेसर.डा.ई. भण्डारीले बताउनु भयो । कागजमा ल्याउने ४ जिपिएले मात्र विद्यार्थीहरुको साव∙िण विकास गर्न सम्भव नहुने भएकोले विद्यार्थीहरुको जीवन जीउने कला, समाज, देश र विश्वसंग जान सक्ने प्रतिस्पधी क्षमतावान जनशक्ती उत्पादन गर्न अक्सफोर्ड मेला–२०२५ महत्वपुर्ण हुने प्रोफेसर डा.ई भण्डारीले बताउनुभयो ।

single p1

मेलामा Code War, Bridge Modeling, Circuit Design, Business Pirch Competition, Mocktail & Cooking Without Fire, Art & Poster Design, Quiz Competition, Public Speaking Challenge, Panel Discussions, Career Guidance Session, Pubg Tournament, Basketball Tournament, MoU Signing Ceremony  गरि १३ वटा कार्यक्रम गरिने भण्डारीले बताउनुभयो  ।

single p2

त्यस्तै, कलेजले कलेजका प्रमुख सल्लाहकार तथा शिक्षाको क्षेत्रमा लामो योगदान दिएका स्व. राम प्रसाद चापागाई (चञ्चल) को असामयिक निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै रु २० लाख ४५ हजार बराबरको छात्रवृत्ति कोष स्थापना गरेको छ। छात्रवृत्ति योजना अन्तर्गत प्रत्येक शैक्षिक सत्रमा एक जना छात्रा र एक जना छात्रलाई सिभिल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको थियो । यसै शैक्षिक सत्रबाट प्रदान गरिने पूर्ण छात्रवृत्तिबाट विपन्न, दलित, जनजाती, द्वन्द्वपीडित, तथा जेहेन्दार विद्यार्थीहरूले लाभ उठाउन सक्ने छन्।

कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलले पछिल्लो समय कक्षा १२ पास गरीसकेपछि विना सिप विदेश जानेको संख्या बढ्दो रहेकोले सिप सिकेर मात्र विदेश जान र सकेसम्म ब्याजलर सकेर मात्र विदेश जान आग्रह गर्नुभएको छ । उहाँले देशमै विद्यार्थीहरुलाई पढ्दै कमाउने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो ।

वि.स.२०५७ सालदेखि पोखरा विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गर्दै उच्च शिक्षा क्षेत्रमा प्रवेश गरेको यो कलेजले अहिले स्नातक तहमा ६ र स्नातकोत्तर तहमा १ गरी कुल ७ वटा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कलेजले स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता कायम राख्दै विभिन्न विधामा दर्जनौँ डीन लिस्ट, गोल्ड मेडल र राष्ट्रिय तहका उपलब्धिहरू हासिल गरेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3