spot_img

Monday, January 20, 2025

आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप : नेपाल आज बंगलादेश सँग भिड्दै

माघ ५, काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् । नेपालले पनि आज आफ्नो पहिलो खेल खेल्दैछ ।

पहिलोपटक विश्वकप खेल्न लागेको नेपालले  बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।

नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्‍वकप यात्रा सुरूवात गर्ने योजनामा छ । आजको खेल जिते सुपर सिक्स सम्भावना पनि बलियो हुनेछ ।
चार समूहमा विभाजित १६ टोली सम्मिलित विश्‍वकपमा नेपाल समूह ’डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले २० जनवरीमा स्कटल्याण्ड र २३ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ ।

यसअघि टी–२० विश्‍वकपको तयारी स्वरुप खेलेका दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजसँग ९ रन र अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार