spot_img

Saturday, January 4, 2025

जीवनबिमा कम्पनीहरूको व्यापारले लय समाउन थाले

 पुस १५ काठमाडौँ ।  मुलुकमा सञ्चालनमा रहेका जीवनबिमा कम्पनीहरूको व्यापारले पनि लय समाउन थालेको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिँदै आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने पछिल्लो वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिँदै आएको छ ।

अर्थतन्त्रले सकारात्मक बाटो समाउँदा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा जीवनबिमा कम्पनीले ६६ अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

अहिले नेपालमा सञ्चालित १४ वटा जीवनबिमा कम्पनी र तीन लघु जीवनबिमा कम्पनीहरूले मङ्सिर मसान्तसम्ममा कुल ६६ अर्ब १४ करोड ५३ लाख ३२ हजार रुपियाँ बराबर बिमा शुल्क सङ्कलन गरेका हुन् ।

समीक्षा अवधिमा १४ वटा जीवनबिमा कम्पनीहरूले मात्रै ६५ अर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले बिमा शुल्कलाई चार अर्ब ३८ करोड ७२ लाख ९६ हजार रुपियाँले बढाएका हुन् । पछिल्लो एक महिनामा मात्रै जीवनबिमा कम्पनीहरूको व्यापार १२ अर्ब ४४ करोड ६२ लाख रुपियाँले बढेको हो ।

जीवनबिमा कम्पनीहरूले यो अवधिमा ५२ अर्ब आठ करोड १९ लाख रुपियाँ नवीकरण बिमा शुल्क र एक अर्ब १८ करोड ९७ लाख रुपियाँ वैदेशिक रोजगार बिमाशुल्क आर्जन गरेका छन् भने पहिलो बिमाशुल्क मात्रै १२ अर्ब ४७ करोड एक लाख रुपियाँ रहेको छ । अहिले कुल सक्रिय बिमालेख सङ्ख्या एक करोड ३३ लाख ४२ हजार २४६ वटा रहेको छ ।

मङ्सिर महिनामा मात्र जीवनबिमा कम्पनीले तीन लाख ७७ हजार ९२८ वटा बिमालेख जारी गरी १२ अर्ब ३४ करोड ८६ लाख रुपियाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् ।  यस्तै नवीकरण बिमाशुल्क नौ अर्ब ३९ करोड ४३ लाख रुपियाँ, वैदेशिक रोजगार बिमाशुल्क २७ करोड ८७ लाख र पहिलो बिमाशुल्क दुई अर्ब ६७ करोड ५४ लाख रुपियाँ रहेको छ । पहिलो बिमाशुल्क वैदेशिक रोजगारबाहेक हो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार