single head

नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनु पर्छ – नारायणकाजी श्रेष्ठ

single post top 1

असोज १९, काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ।

single p1

उहाँले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो।

single p2

शनिबार काठमाडौँमा आयोजित नेपाल–भेनेजुयलामैत्री सङ्घ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ । उनीहरूसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ । कुनै एउटासँग घनिष्ठ सम्बन्ध, अर्कोसँग अलि दूरीको पक्षमा हामी छैनौँ । मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ । त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वाभाविक रूपमा समनिकटताको आधारमा हुन्छ दुवै देशसँग समानताको आधारमा हुन्छ ।’’

उहाँले विश्व राजनीतिक एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3