single head

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

single post top 1

 जेठ ३२, काठमाडौँ। जल तथा मौसमजन्य विपद जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ ।

single p1

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ ।

single p2

बाढी वा विषम मौसमजन्य विपद जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्ने छन् । सम्झौताअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात-हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, घुम्रपान, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटन, डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने छ । यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई ‘सेन्ट्रल सर्भर’मा प्रयोग गर्न पहिलेदेखि छ सय सिम उपलब्ध गराइरहेकामा अब थप एक सय सिम गरी सात सय थान सिम उपलब्ध गराएको छ ।

सिममा प्रतिमहिना तीन सय एमबी डाटा निःशुल्क उपलब्ध छ । नेपाल टेलिकमले वि.सं.२०७३ सालदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ । विभागले सम्प्रेषण गर्ने पूर्वसूचना सन्देशहरु वि.सं.२०७३ सालदेखि अनवरतरुपमा निःशुल्क ‘मास एसएमएस सेवा’मार्फत सर्वसाधारणमा पुर्याई विपद जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पुर्याएकामा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदरपत्रद्वारा सम्मानित गर्दै आएको छ । रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3