spot_img

Saturday, January 24, 2026

नवलपुरको अमलटारीमा पोथी गैँडा मृत्यु फेला

नवलपुर । नवलपुरको अमलटारीमा पोथी गैँडाको मृत्यु भएको छ ।

कावासोति-१५ मा रहेको गुन्द्रही ढकाहा सामुदायिक वनमा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनु भयाे । थापाका अनुसार उक्त गैँडा बूढो र बिरामी थियो ।

सोमबार साँझ पानी पिउन निस्किएको गैंडा मंगलबार बिहान मृत फेला परेको थियो । उक्त गैंडा पानी पिए पछि त्यहाँ बाट निस्कन सकेको थिएन । निकुञ्ज कर्मचारी र सामुदायिक वनको टोलिले गैँडा निस्कन सहज होस भनेर बाटो बनाईदिएका  गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनु भयाे ।

त्यहाँबाट निस्किएर केही अगाडी गएपछी उक्त गैंडा  ढलेको अवस्थामा मंगलबार बिहान मृत फेला परेको हो । बूढो भैसकेको गैँडाको अगाडिको खुट्टामा समस्या थियो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो दोस्रो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :