spot_img

करिब छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा

फागुन १, बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको  न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताउनु भएको छ ।

मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसँग थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३० कैदीहरू मध्ये एक जना भएको बताउनुभएको छ । ७४ वर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको लागि सूचि बद्ध भएका उहाँको भनाइ छ ।

करिब छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ ।

ताहसिनल  १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्किनु भएको थियो । उहाँलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्स्थताका कारण उहाँलाई छोटो समयमै बैङ्कको जेलबाट अस्पतालमा सारेदेखि अस्पतालमा नै रहेको बताइएको छ ।

गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो ।

थाक्सिनले सन् २००१  देखि २००६  सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८  स्व–निर्वासनमा रहनु भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार