spot_img

Sunday, July 14, 2024

नेपालको पाँच वर्षमा भोट हाल्ने मतपत्रमा अब घन्टी चिन्ह कहिले पनि हट्दैन, घन्टी चिन्ह बस्यो बस्यो – उपसभापति तथा अर्थविद डाक्टर स्वर्णिम वाग्ले

असार, १० गैडाकोट ।  राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय उपसभापति तथा अर्थविद डाक्टर स्वर्णिम वाग्लेले हामीसँग सगरमाथा छ, नारायणी छ ,लुम्बिनी छ आउ लगानी गर भनेर कोहि पनि आउँदैनन् ,लगानी गर्नको लागि सुशासन हुनुपर्यो, लगानीको प्रत्याभूति हुनुपर्यो ,लगानीको माहोल गराउनु पर्ने बताउनु भयो ।

आईतवार गैडाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी गडाकोट नगर समितिको आयोजनामा समसामयिक राजनीतिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले नीति ठिक हुनुप¥यो र नीतिलाई गाइड गर्ने मान्छेको नियत पनि सही भयो भने छोटो समयमा फड्को मार्ने गरेर अर्थतन्त्रमा अगाडि जान सकिने बताउनुभयो ।

देशै उठाउने कुरो राजनीतिबाट मात्रै सम्भव रहेछ, त्यसैले राजनीतिमा आउनुपरेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसबाट आउनुभएका साथीहरूको नेपाली कांग्रेसको राजनीतिक परिवर्तन स्वतन्त्रताको आन्दोलनको ठूलो देन छ । बाम एकताबाट आउनुभएका साथीहरूको सामाजिक रूपान्तरण ,सामाजिक सशस्तीकरण साथै उत्पीडित सीमान्तकृत समुदायको आवाजलाई बुलन्द गर्नमा ठूलो योगदान छ तर आर्थिक क्रान्ति बाँकी रहेको कार्यकर्तालाई बताउनु भयो ।

अब हामीले आशा गरेर बसेर समय घट्किसकेको छ ,ढिलो गरेर पाँच वर्षपछि, १० वर्षपछि ,१५ वर्षपछि गर्दै गरउला नि ,अनि पालो कुरेर बस्दाखेरि यो समयको ढोका बन्द भइसकेको हुन्छ, त्यसैले अहिले नै गर्नुपर्यो ,राजनीतिको माध्यमबाट नै गर्नुपर्यो, चौरासीमै गर्नुपर्यो ,आर्थिक क्रान्ति नै गर्नुपर्यो भनेर हामी लागेका छौं वाग्लेले भन्नुभयो । हामीले अरुलाई गाली गर्नु परेन, धारे हात लगाउनु परेन, हामी यसरी नै अगाडि बढ्छौं ,सुशासन, समुन्नति र समृद्धिपनको रिजल्ट यो अभियान हो, यहाँ रवि लामिछाने पाखा लाग्लान् ,स्वर्णिम वाग्ले पाखा लाग्लान् तर राष्ट्रिय स्वतन्त्र पार्टी अब पाखा नलाग्ने वाग्लेको भनाइ छ ।

नेपालको पाँच वर्षमा भोट हाल्ने मतपत्रमा अब घन्टी चिन्ह कहिले पनि हट्दैन, घन्टी चिन्ह बस्यो बस्यो ,त्यसैले पात्रहरू आउँलान् जालान् तर यो अभियान छोटो समयमा सुशासन र समृद्धिको जुन अभियान छेडिएको छ सभापतिले त्यो आँट गर्नुभयो ,यसमा हाम्रा संस्थापक नेता रबि लामिछानेको ठूलो श्रेय रहेकोे उहाँको भनाइ छ ।

हाम्रो सभापतिे पनि सुटुक्क यताउता गरेर पाँच सिट जति मिलाएर कांग्रेसमा छिरेको भए नि हुन्थ्यो ,नेकपा एमालेतिर गएर यसो ललितपुरबाट, काठमाडौँबाट चुनाव लडेर चार ,पाँचवटा साथीहरूलाई मन्त्री बनाउने हिसाबले गएको भए पनि हुन्थ्यो ,तर हैन यो मूल नै नसङ्गलाईकन कन राजनीति नसङ्गलने हुदा त्यस्का लागि एउटा राजनीतीको चरित्र, विषक्त र विसङ्गतिपूर्ण राजनीतिलाई नै सङ्गलाउन पर्छ, नयाँ सिराबाट नै काम गरौँ भनेर त्यो आँट र जोखिम लिएर उहाँले यो अभियान सुरु गर्दिनुभो आज तपाईं हामी देशभरिबाट डेढ लाख ,दुई लाख त संगठित रुपमा हजार रुपैयाँ तिरेर पनि सदस्य हुनुभएको छ त्यो हाम्रो लागी गर्बको बिषय भएको उहाँले बताउनुभयो ।

विदेशमा भने यो पार्टीप्रतिको आशा धेरै नै छ र यसरी नै हामी अगाडि जान्छौं,अब यो यात्रा हो, गन्तव्य स्पष्ट छ ,यात्राका क्रममा अहिले यही बाटोघाटो बनिराखेको छ, ढुङ्गामुढा ,धुलो, मैलो इत्यादि प्रतिकुलताहरू छिचोल्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । तर नियत ठिक छ, नीति ठिक छ, क्षमता पनि छ, ठूलो आकारमा संगठन पनि विस्तार हुँदै गयो भने यो सानातिना दैनिक रुपमा आउने प्रतिकुलतालाई हामी चिर्दै अगाडि बढ्न सक्ने त्यो सामर्थ हामीले राख्नुपर्ने उपसभापति वाग्लेले बताउनुभयो ।

रास्वपा सरकारमा रहे पनि आफूहरूसँग सत्ताको पकड नभएकाले जनअपेक्षाअनुसार काम गर्न नसकेको वाग्लेको भनाइ छ । सरकारका बसेर काम गर्न अप्ठेरो परिस्थिति सिर्जना भए, निस्कन पनि सकिने वाग्लेको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा पार्टीका कार्यकर्ताले गृह मन्त्रालयले गिरिबन्धु प्रकरणको फाइल किन खोल्न नसकेको, पार्टीको सांगठनिक संरचना , पार्टी पुरानै दलप्रति लचकता बढ्दै जाँदा लोकप्रियता घटेको, गण्डकी प्रदेशमा करको दर बढ्दा पार्टी किन मौन बसेको लगायतका विषयमा राखेका प्रश्नको रास्वपा उपसभापति वाग्लेले जवाफ दिनु भएको थियो ।

रास्वपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश प्रमुख राजन गौतम, केन्द्रीय प्रशिक्षण विभागका सदस्य जगदिश शर्मा, नवलपुर जिल्ला संयोजक नरिश्वर लामिछाने लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण राष्ट्रिय स्वतन्त्र पार्टी गडाकोट नगर समिति उप सभापति बिमल घिमीरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार