spot_img

Monday, June 17, 2024

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ द्वारा त्रिवि क्रिकेट मैदानको निरीक्षण

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराउनुभयो ।

मन्त्री श्रेष्ठले अनुगमनको क्रममा त्रिवि मैदान स्तरोन्नतिका लागि अहिलेका लागि ४० करोडसम्म खर्च गर्न सक्ने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले विशेषगरी दर्शकको सुरक्षा प्रमुख रहेकाले यसलाई विशेष ध्यान दिनुपर्नेमा‌ जोड दिनुभयो ।

गेट, शौचालय र खानेपानीजस्ता सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । उहाँले मैदान स्तरोन्नतिका लागि क्यान प्राविधिक पक्षमा जानकार भएकाले सम्पूर्ण योजना बनाएर राष्ट्रिय खेलकुद परिषदमा पठाउन पनि क्यानलाई निर्देशन दिनुभयो । त्रिवि क्रिकेट मैदानको अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार