spot_img

Thursday, July 18, 2024

  फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले अंक बाडे
 

काठमाडौं ।  फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल जितबाट चुकेको छ ।

नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २–२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।  पाँच खेलमा गोलविहिन नेपालले २ गोल गर्न सफल भयो ।

नेपालका लागि फरवार्ड सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे । दुवै खेलाडीका लागि  गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो  ।

नवौं मिनेटमा पेनाल्टी मार्फत गोल खान पुगेको नेपालले  २३ औं मिनेटमा बराबरी गोल गरेको थियो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीव विष्टले बक्स भित्रबाट खेलमा बराबरी गोल गरे ।
६६औं मिनेटमा नेपालले खेलमा अग्रता दियो । छिरिङ लामाको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भयो ।  तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनका मोहम्मद अल-दाहीले गोल गर्दै नेपालबाट एक अंक खोसे ।

नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरण समाप्त गरेको छ । नेपाल रहेको समूह एच मा युएईले १६ अंक सहित पहिलो, बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै ५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार