spot_img

Monday, June 17, 2024

गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले वडालाई बाल मैत्री वडा बनाउने

जेठ २९ ,गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले वडालाई बाल मैत्री बनाउने कार्यको थालनी गरेको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले एक बर्ष भित्र बालमैत्री वडा बनाउने योजनाका साथ अगाडी बढेको बताउनुभएको  छ ।

यसै अन्तर्गत रहेर गैँडाकोट ५ ले बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । सोमबार गैँडाकोट १ का बालमैत्री स्थानीय शासन वडा समिति सदस्य जगन्नाथ उपाध्यायले बाल मैत्री स्थानीय शासन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । उहाँले बाल मैत्री वडा कसरी बनाउने, यसका सुचकहरु, सरोकारवालकाहरुको भुमिका, यसको आवश्यकता लगाएतको बिषयमा जानकारी दिनुभएको थियो ।

गैँडाकोट ५ का वडा सदस्य शान्ति न्यौपानेले सहजिकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य उषा परियारले राख्नु भएको थियो ।

वडाका भित्र रहेको टोल सुधार संस्था, महिला समुह, स्वास्थ्य स्वयंमसेविका, वाल संञ्जाल, विद्यालय, स्वास्थ्य संस्था लगाएतका प्रतिनिधिलाई बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
गैँडाकोट नगरपालिकामा हालसम्म २ वटा वडा मात्र बालमैत्री घोषणा भएका छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार