spot_img

Monday, June 17, 2024

कर शिक्षा एवं खाता व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ १३ ,नवलपुर । नवलपुर विद्युत व्यवसायी संघको आयोजनामा कावासोतीमा शुक्रबार कर शिक्षा एवं खाता व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष लेखनाथ सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा वर्तमान कर व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुट-सुविधा र खाता/लेखा व्यवस्थापन बारेमा जानकारी सहित अन्तरक्रिया गराइएको थियो ।कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सापकोटाले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबैले आ-आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताए ।

आन्तरिक राजस्व कार्यालय नवलपुरको सह-आयोजनमा भएको कार्यक्रममा चितवन अडिटर एसोसिएसनका अध्यक्ष प्रदीप ओस्ती र नवलपुर जिल्लाका कर अधिकृत रामप्रसाद सुवेदी प्रशिक्षक रहेका थिए । कार्यक्रममा कर अधिकृत सुवेदीले आफ्नो प्रशिक्षणमा नागरिकको दायित्व कर तिर्ने कार्य समेत परेकाले व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताए । उनले सबैलाई करको दायरमा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने बताए ।

त्यस्तै उक्त कार्यक्रमका अर्का प्रशिक्षक अडिटर एसोसिएसनका अध्यक्ष ओस्तीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउँदै कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताए ।

कार्यक्रममा व्यवसायी संघका सदस्यहरू तथा सहभागी उद्योगी व्यवसायीले कर सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । खाता/लेखा व्यवस्थापन बारेको जानकारी सहित लेखा कसरी राख्ने ?, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा सहभागी लाई प्रस्टाइएको थियो ।

सहभागीहरूले विगतको भन्दा अहिले झन्झटिलो प्रक्रिया रहेकाले केही सहजीकरण गर्नुपर्ने तर्क गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, संघका सस्थापक अध्यक्ष पुरुषोत्तम भुसाल, सल्लाहकार विष्णुकुमार श्रेष्ठलगायत अतिथि रहेको उक्त कार्यक्रम नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष सुजन अधिकारीको सभापतित्वमा भएको थियो । कार्यक्रम लाई संघका सचिव दीपक सुवेदीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार