spot_img

Friday, September 20, 2024

किसान बचत द्वारा गैडाकोट वडा नं. ८ लाई पुर्ण किसान सदस्य वडा घोषणा

चैत २१ ,गैडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैंडाकोटको एउटा वडा लाई पूर्ण किसान सदस्य वडा घोषणा गरेको छ । संस्थाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर गैंडाकोट वडा नं. ८ लाई पुर्ण किसान सदस्य वडा घोषणा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा गर्दै वित्तिय सचेतना फैलाउँदै निम्न आय भएका नागरिकको जिवनस्तर उकास्ने गरि काम गर्न आग्रह गर्नुभयो ।
९ सय ६६ घरधुरी रहेको गैँडाकोट ८ मा ९ सय ४८ घर किसान बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य रहेको संस्थाका अध्यक्ष भोजराज पौडेलले जानकारी दिनुभयो । पूर्ण वडा सदस्य बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै उहाँँले आफ्नै संस्थामा आर्थिक कारोबार गर्न समेत आग्रह गर्नुभएको छ ।
गैँडाकोट नगरपालिकाका नगरउपप्रमुख शान्ति कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सहकारीहरूले महिलामा लगानी बढाउने गरि र महिलालाई उद्यमी बनाउन जोड दिने गरि काम गर्न आग्रह गर्नुभयो ।
गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले २७ बर्ष अगाडी गैँडाकोट ८ मै कार्यालय स्थापना गरि सुरु भएको किसानले यसै वडालाई पूर्ण सदस्य वडा बनाउन सक्नु नै संस्थाको बलियो आधार रहेको बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार उमादेवी खनाल र दुर्गा सापकोटाको प्रस्तुती समेत रहेको थियो । सोही अवसरमा ११ वटा टोलमा डस्टवीन वितरण समेत गरिएको थियो ।
विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रमको औचित्य माथि संस्थाका निवर्तमान अध्यक्ष श्रीहरी चालिसेले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव सरस्वती कंडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार