spot_img

दुर्घटना न्युनिकरणका लागि गैँडाकोट नगरपालिका वडा नम्बर ६ मा डिभाइडर राखियो

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ को भाग्योदय चोकमा प्रहरी बिट तथा डिभाइडर स्थापना गरिएको छ ।

गैँडाकोट ६ मा दुर्घटनाको जोखीम बढी रहेको र यसलाई कम गर्ने उद्देश्यले यसको स्थापना गरिएको गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुवास चापागाईंले जानकारी दिनुभयो ।

बाटो साँघुरो हुनु र सवारीसाधनको चाप बढी भएको बताउँदै यसलाई कम गर्न पनि प्रहरी बिट तथा डिभाइडर स्थापना गरिएको चापागाईंले बताउनुभयो ।

गैँडाकोट नगरपालिका वडा नम्बर ६ को आयोजना तथा ईलाका ट्राफिक प्रहरी कार्यालय गैँडाकोटको संयोजनमा कार्यक्रम गरिएको हो । नवलपुर जिल्लाका ट्राफिक प्रहरी प्रमुख अच्युत राज आचार्यले दुर्घटना न्युनिकरणका लागि सबैको भुमिका महत्वपूर्ण रहेको बताउँदै बालबालिकालाई घरैबाट यसको बिषयमा सचेत गराउन आवश्यक रहेको उहाँको भनाई छ ।

बरिष्ठ प्रहरी नायव निरिक्षक गैँडाकोटका इञ्चार्ज लेखनाथ पुरीले नगरलाई सुरक्षित बनाउनका लागि आफुहरुले काम गरिरहेको बताउनुभयो । ठाउँठाउँमा सचेतना सम्बन्धि व्यानर राख्ने देखी नागरिक सँग सहकार्य गरेर अगाडी बढेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार