spot_img

Monday, June 17, 2024

भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रा.डा कृष्ण प्रसाद पौडेललाई

भरतपुर। चितवनको भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पुनः प्रा.डा कृष्ण प्रसाद पौडेललाई दिएको छ।

मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा  प्रा.डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरेको हो । यो उनको लागि मेसु बन्ने तेस्रो अवसर समेत हो । भरतपुर अस्पतालमा यसअघि डा श्रीराम तिवारी प्रमुख थिए। मन्त्रालयले केही विभाग र विभिन्न अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको छ ।

यसअघि पनि भरतपुर अस्पतालको  ३८ औँ र ४६ औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४८ औँ मेसु समेत बन्ने अवसर पाएका छन् । उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए ।

त्यस्तै, दोस्रो कार्यकाल विसं २०७८ साल भदौ १५ गतेदेखि गत साल कार्तिक २१ गतेसम्म रर्‍यो । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् ।

मन्त्रालयले आयुर्वेद विभागको निर्देशकमा डा प्रदीप केसीलाई सरुवा गरेको छ। यसअघिका निर्देशकको लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो। यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा यदुचन्द्र घिमिरेको सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार