spot_img

घाँटीको क्यान्सर पुरुषमा बढी

कात्तिक,११,चितवन । नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ तर सर्जरी नै गर्नुपर्ने अवस्था बढी मात्रामा यही क्यान्सर लागेका बिरामीहरूको हुने डा.देजकुमार गौतमले बताए ।

उनका अनुसार नेपालमा करिब १ लाख मानिसमा नाक, कान, घाँटीको क्यान्सर लागेको अनुमानित तथ्यांक छ । भरतपुर क्यान्सर अस्पतालमा सन् २०२२ मा नाक, कान, घाँटी सम्वन्धी नयाँ क्यान्सरका ७६९ जना बिरामी थपिएका थिए । तीमध्ये पुरुषहरुको संख्या ५७६ जना छ । विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धूमपान तथा मद्यपान गर्ने भएकाले यस्तो भएको बताइन्छ ।

घाँटीको क्यान्सर पुरुषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको बोलाइको ताल फरक हुन्छ । त्यसले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ । मुखको क्यान्सरमा मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिभ्रोमा मासु पलाउनु, दाग–धब्बा आउनु जस्ता लक्षण देखिने डा. गौतमले बताए ।

यस्तै, घाँटीको क्यान्सरको लक्षणमा आवाज धोद्रो हुने, सास फेर्न गाह्रो हुने, खाना निल्न गाह्रो हुने, घाँटी सुन्निने वा डल्लो आउने हुन्छ । कानको क्यान्सरको लक्षणमा कान डम्म हुने, कानबाट रगत आउने र कान नसुन्ने लक्षणहरु देखिने डा.गौतमले बताए ।  news : सुवास पण्डित

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार