spot_img

Tuesday, September 10, 2024

नन्दन सामुदायिक वनको २६ औँ वार्षिक साधारण सभा सम्पन्न / नयाँ समितिका लागि सदस्यको नाम तथा निर्वाचन तालिका प्रकाशन

साउन २६, गैडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूहको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिबार गैडाकोट ८ मा रहेको संस्थामा भएको कार्यक्रम का प्रमुख अतिथि गैडाकोट नगरपालिका मदनभक्त अधिकारी रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले नन्दन सामुदायिक वनले वृक्षारोपण गरेर वातावरणलाई हराभरा गराउदै वातावरण पनि राम्रो बनाउने काम गरेको बताउनुभयो। उहाँले धवाह ताल निर्माण गरेर रमणीय स्थान बनाएको बताउनुभयो। उहाँले अब बन्ने नयाँ समितिले सदस्यको भावनालाई बुझी सदस्य मुखी काम गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि डिभिजन वन कार्यालय नवलपुरका डिभिजन अधिकृत वसन्त केशव अधिकारीले पुराना रूखलाई विस्थापित गर्दै नयाँ बिरुवालाई अगाडि बढाउने र थिनिङ प्लान गरेर वनलाई अलिकति पातलो बनाउनुपर्ने बताउनुभयो। अधिकारीले विधानले जति दिएको छ, कार्ययोजनाले जति गर्न भनेको छ त्यति मात्र गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो नीति नियम अनुसार हामी काम गर्यौं भने सफल अवश्य हुन सकिन्छ ।

वनका अध्यक्ष बालकृष्ण गौडेलले ढवाहा ताल पर्यटकीय क्षेत्रको संरक्षण तथा विकास निर्माण कार्य गुरुयोजना अनुसार नै प्रमुख प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा ,सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुर उपाध्यक्ष कमलप्रसाद बाचे मगर, गैडाकोट वार्ड नम्बर ८ का वडा सदस्य तर्कबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा उपभोक्ता सदस्यको तर्फबाट सदस्य डिलाराम सापकोटा र सरस्वती घिमिरेले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाको सचिव कमला शर्माले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष बेलप्रसाद पौडेलले राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक पूजा शर्मा पौडेलले राख्नुभएको थियो । अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन संयोजक गीता न्यउरे सापकोटाले राख्नुभएको थियो।

कार्यक्रममा संस्थाले जीविकोपार्जन अन्तर्गत आफ्ना सदस्यलाई दिएको उद्घोषक कार्यक्रममा सहभागीलाई वितरण गरिएको कार्यालय सचिव लिला पौडेल ले बताउनुभयो ।
संस्थाको उपाध्यक्ष बालकृष्ण शर्मा रिजालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाको सचिव कमला शर्माले गर्नुभएको थियो।

यसैबीच नन्दन सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाइएको छ । छत्रराज पौडेल संयोजक रहेको निर्वाचन समितिमा संस्थापक अध्यक्ष इन्द्रराजज्योती पौडेल, पूर्व अध्यक्षहरु शुभाष चापागाईं, घनश्याम कँडेल र शशिधर न्यौपाने सदस्य रहनुभएको छ । नयाँ समितिका लागि सदस्यको नाम प्रकाशन तथा निर्वाचन तालिका समेत प्रकाशन गरेको संयोजक पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार