spot_img

Thursday, July 18, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई मन्त्रालयको जिम्मेवारी

 असार २५ ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिनुभएपछि सोमबार राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभएको हो ।

स्वास्थ्य मन्त्री यादव, वातावरणमन्त्री सुडी र स्वास्थ्य राज्यमन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष नेपालको संविधानको धारा ७७ को उपधार २ को खण्ड क बमोजिम पदबाट राजीनामा दिनुभएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उहाँहरुले सम्हाल्दै आउनुभएको उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार