spot_img

Thursday, July 18, 2024

पोर्चुगललाई हराउँदै फ्रान्स/ जर्मनीलाई पराजित गर्दै स्पेन युरो कपको सेमिफाइनलमा

असार २२,काठमाडौं । टाइब्रेकरमा पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको छिनाफानो टाइब्रेकरमा भएको हो । टाइब्रेकरमा फ्रान्स ५–३ ले विजयी भयो ।  अन्य सबैले टाइब्रेकरमा गोल गरे ।

यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् ।

शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन्

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार