spot_img

Thursday, July 18, 2024

लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

असार १७, नारायणगढ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण कार्यक्रम आज नारायणगढमा सम्पन्न भएको छ ।

डिष्ट्रिक ३२५ आरको कार्यालय लायन्सचोक नारायणगढमा लायन बर्ष २०२३/०२४ का डिष्ट्रिक गर्भनर राम सुधार महतोले लायन बर्ष २०२४/०२५ का डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेलाई पदभार हस्तान्तरण गर्नु भएको हो ।

पद हस्तान्तरण गर्दै महतोले आफ्नो एक बर्षे कार्यकालमा १५ हजार भन्दा बढी सेवाका कार्य भएको, त्रि. वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्रमा १०८ जना सस्थापक सदस्यता ग्रहण गर्नुभएको, १४ वटा नयाँ क्लब तथा ९३२ जना नयाँ लायन सदस्यहरुलाई आगमनले उत्साह थपेको बताउनुभयो ।

वहाँले आगामी बर्ष ३२५ आर डिष्ट्रिकलाई अझ ब्यवस्थित बनाउने सन्र्दभमा आफ्नो तर्फबाट अझ धेरै सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर प्रभातकुमार जोशीले वशुधैव कुटुम्वकमको नारालाई आत्मसाथ गर्दै अगाडी बढ्न डिष्ट्रिक गर्भनरलाई सुझाब दिदै अझ उत्साहका साथ काम गर्न सफलता मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

पदभार ग्रहण गर्दै २०२४/०२५ का डिष्ट्रिक गर्भनर अध्यक्ष दिनानाथ न्यौपानेले अग्रजलाई सम्मान नयाँ लायनसदस्यहरुलाई प्रोत्साहन गर्दै आउने बर्ष उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । वहाँले लायन्स अन्र्तराष्ट्रियले अगाडी सारेका कार्यक्रमका साथ साथै डिष्ट्रिकका कार्यक्रमलाई समुदायले अपनत्व लिनेमा आफु विश्वस्त भएको बताउनुभयो ।

गत चैत्र २६ गते भएको निर्वाचनमा न्यौपाने डिष्ट्रिक गर्भनरमा निर्वाचित हुनुभएको हो । सो निर्वाचनले डिष्ट्रिकको प्रथम भाईस डिष्ट्रिक गर्भनरमा नवराज सापकोटा तथा द्धितिय भाईस गर्भनरमा प्रभाकर पण्डित निर्वाचित गरेको थियो ।

डिष्ट्रिक ३२५ आरमा ३६४२ जना लायन सदस्य एवं १७४ वटा क्लबहरु क्रियाशिल छन् । ३२५ आरमा काठमाडौं उपत्यकाका केही क्षेत्र र चितवन नवलपुर जिल्ला पर्दछ । कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफहरु, डिष्ट्रिक चिफ, क्लष्टर चिफ लगायतका लायनहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार