spot_img

Monday, July 15, 2024

चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक

असार १५, काठमाडौँ ।  चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

एक युवाले बिहेका लागि गर्ने सङ्घर्षवरिपरिको कथालाई ट्रेलरमा समावेश गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेम, विवाहका लागि आर्थिक अवस्था र सोही कारण घरज्वाइँ बस्नुपर्ने बाध्यता र ससुरासँगको खटपटले पतिपत्नीमा आएको समस्या नै चलचित्रको कथा रहेको निर्देशक अनिल बुढामगरले बताउनुभयो ।

जनक घर्तीमगर निर्माता रहनुभएको चलचित्र अनिल बुढामगरले निर्देशन गर्नुभएको छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनील मगरलगायतको अभिनय छ ।

रुकुमपूर्व आसपासमा छायाङ्कन गरिएको यस चलचित्रका छायाकार सुसन प्रजापति हुन् । चलचित्र असार २८ गते प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार