spot_img

Sunday, July 14, 2024

दक्षिण अफ्रिका पहिलो पटक टी २० विश्वकपको फाइनलमा  प्रवेश

असार १३, काठमाडौँ । अफगानिस्तानलाई ९ विकेटले हराउँदै  दक्षिण अफ्रिका पहिलो पटक टी २० विश्वकपको फाइनल  प्रवेश गरेको छ ।

बुधवार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै दक्षिण अफिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिका  एकदिवसीयमा ५ र टी–२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदिन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए ।

मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २–२ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १।५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।  रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ र कप्तान एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक  ५ रनमै आउट भए ।

दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार