spot_img

Thursday, July 18, 2024

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

असार ११, काठमाडौँ।  अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यविरूद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि अर्थमा सहसचिवहरूको सरूवा भएको हो ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् ।   प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई र यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।

गत जेठ अन्तिम सातामा मात्रै प्रशासन महाशाखामा सापकोटालाई जिम्मेवारी दिइएको थियो । तर, दुई हप्ता नबित्दै उनको अन्यत्रै सरुवा भएको हो ।

सुशीला अर्याललाई  महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार