spot_img

Thursday, July 18, 2024

जर्मनी र स्वीट्जरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा

असार १० काठमाडौँ । जर्मनी र स्वीट्जरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् ।

गएराति सम्पन्न समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीट्जरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।

यस खेलमा निकोलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यसअघि स्वीट्जरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीट्जरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै समूह ए बाट हंगेरीले स्कटल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै समूहमा तेस्रो भएको छ । हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ ।

सबै ६ समूहका तेस्रो स्थानमा रहने शीर्ष चार देश नकआउट चरणमा छानिने हुनाले यसको टुंगो भने समूह चरणका सबै खेलपछि लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार