spot_img

Thursday, July 18, 2024

कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने

असार ८,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्।

साउन १० गते (जुलाई २५)  देखि क्यानडामा सुरु हुने ग्लोबल टी-२० लिगमा राष्ट्रिय टिमका तीन खेलाडी अनुबन्ध भएका हुन्।

दीपेन्द्र र सन्दीप दुवैले भ्यानकुभर नाइट्सबाट खेल्दैछन्। क्यानडाको ग्लोबल टी-२०मा सन्दीप र दीपेन्द्रले अघिल्लो संस्करणसमेत खेलेका थिए।

अघिल्लो संस्करणमा दीपेन्द्रले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए भने सन्दीपले मोन्ट्रियल टाइगर्स र टोरोन्टबाट खेलिसकेका छन्।

नेपाली राष्ट्रिय टिमका कप्तान पौडेल टोरन्टो नेशनलमा अनुबन्धित भएका हुन्। उनले पहिलो पटक नेपालबाहिर फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार