spot_img

Sunday, July 14, 2024

नेकपा एमाले गैँडाकोट नगर कमिटिको अध्यक्षमा कृष्ण कंडेल विजयी

असार ६,गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशन बाट अध्यक्षमा युवा नेता कृष्ण कंडेल विजयी भएका छन् ।  बिहीवार बिहान मतदान भएर गरिएको मतगणना अनुसार कंडेलले आफ्ना प्रतिद्धन्दी श्रीराम सुवेदीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल खसेको ३१९ मत मध्ये कंडेलले १८५ मत प्राप्त गरेका छन् भने सुवेदीले १२६ मत प्राप्त गरेका थिए  । नगर उपाध्यक्षमा गोविन्द प्रसाद सुवेदी २४४ मतका साथ विजयी भएका छन् ।  उपाध्यक्ष पदका अर्का उमेदवार सरस्वती खनालले ६१ मत प्राप्त गरिन ।

सचिवमा भूमिश्वर भूसाल (राजु) १८२ का साथ विजयी भएका छन् ।  सचिव पदका अर्का उमेदवार  कमल बहादुर पाठकले  १२४ मत प्राप्त गरे ।

यस्तै उपसचिवमा नर बहादुर थापा र गोमा पौडेल विजयी भएका छन् । उनिहरुले  २२२ मत र १८४ मत प्राप्त गरे ।

६ जना खुल्ला सदस्यहरुमा लक्ष्मी कमली (१८९), विमल आचार्य (२१०), प्रेम कुमार शर्मा (२००), देशबन्दु सिग्देल (२०७), सुभद्रा आचार्य (२०४) र पार्वती पोखरेल (२०३) मत प्राप्त गर्दै विजयी भएका छन्  ।

निर्वाचित अन्य सदस्यहरूमा वडा नं १ बाट केदार नाथ न्यौपाने, लक्ष्मण कँडेल र सकुन्तला न्यौपाने रहनुभएको छ । वडा नं २ बाट उत्तम प्रधान, सावित्रा काफ्ले र प्रमोद पोखरेल, वडा नम्बर ३ बाट देवराम सुनारी र सरस्वती पौडेल,

वडा नम्बर ४ बाट नवराज पौडेल खुमराज तिमल्सिना र सरिता आचार्य र कमला दवाडी, वडा नम्बर ५ बाट कृष्णप्रसाद काफ्ले, टिका ढकाल र सम्झना काफ्ले, वडा नम्बर ६ बाट देवीप्रसाद गौतम र सरस्वती घिमिरे, वडा नम्बर ७ बाट नर्मदा शर्मा पौडेल र दुर्गा दत्त कँडेल,

वडा नम्बर ८ बाट गुणाखर रेग्मी र सावित्रा सवी खवास, वडा नम्बर ९ बाट भवानी शर्मा बर्तौला, ढुण्डिराज कडेल र कृष्णबहादुर केसी, वडा नम्बर १० बाट गोविन्द प्रसाद पाण्डे सुमन गैरे र चेतना अर्याल, वडा नम्बर ११ बाट शेषकान्त कोइराला, खिमाकुमारी शर्मा र प्रेमदेवी शर्मा।

वडा नम्बर १२ बाट विष्णु बस्नेत र चुडामणि अधिकारी । वडा नम्बर १३ बाट हरिकल आले र शिवकुमार पौडेल। वडा नम्बर १४ बाट धनप्रसाद सापकोटा, लक्ष्मी हमाल र सुनिता देवी पौडेल। वडा नम्बर १५ बाट सुरेन्द्र आले र लालमाया गुरुङ ।

वडा नम्बर १६ बाट बासुदेव खनाल र सरस्वती सापकोटा । वडा नम्बर १७ बाट तुलसी पाण्डे बुद्धिराम गिरी र वडा नम्बर १८ बाटनवराज थापा र पदमकुमार थापा निर्वाचित हुनु भएको छ ।

 

खुला युवा सदस्यतर्फ रमेश ढकाल, अनिल ढकाल र गोविन्द प्रसाद आचार्य निर्वाचित हुन भएको छ । लेखा संयोजकमा श्रीहरि चालिसे निर्वाचित हुनुभएको छ भने लेखा सदस्यतर्फ मोती कुमारी खड्का र नेत्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ।

यसैगरी मुक्ति समाजतर्फ चन्द्रबहादुर विश्वकर्मा, दुर्गा बहादुर विश्वकर्मा, भक्तबहादुर सुनार, जसमती बिक र निर्मला सुनार निर्वाचित हुनुभएको छ।

यसैगरी जनजाति तर्फ ज्योति गुरुङ, चन्द्रमाया सिङ्जाली, बलबहादुर थापा, सूर्यकुमार कायस्थ र काशीराम महत्व निर्वाचित हुनुभएको छ।

गत जेठ गते पार्टीको दोस्रो नगर अधिवेशन भएको थियो। अधिवेशनमा सबै पदहरूमा सर्वसम्मत नभएपछि केही पदहरूमा बिहीवार निर्वाचन भएको हो।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार