spot_img

Sunday, July 14, 2024

आइसिसि टी–२० विश्वकप सुपर–८ : इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित

असार ६,काठमाडौं । आइसिसि टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । समूह चरणबाट निकै सकसले अगाडि इंग्ल्यान्डले सुपर एटमा भने सहज जित हासिल गर्यो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।
उसका लागि ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको नटआउट पालि खेले । । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक–एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले समान ३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा नटआउट रहे । इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।

जारी विश्वकपमा वेस्ट इन्डिजको पहिलो हार हो । समूह चरणमा सबै चार खेल जितेर वेस्टइण्डिज सुपर एट पुगेको थियो ।  इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर–८ को समूह २ मा अमेरिका र साउथ अफ्रिकासँगै छन् ।  दक्षिण अफ्रिकाले पनि पहिलो खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार